मोरङ/ मोरङ सुन्दरहरैचा ८ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैंचा ७ का ४० बर्षीय बिजेस लिम्बुको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो ।
आज विहान ८ बजे सुन्दर हरैचा ८ सलकपुरस्थित राजमार्गमा प्रदेश नं. १–०१–००१ ख ३४१० नम्बरको बसले को २१ प ५९९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा उनी घाईते भएका थिए ।
घाईते लिम्बुको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने बस र चालक झापा कन्काई १ का २९ बर्षीय बाबुलाल उरावलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box