दमक/उर्लाबारी – इटहरा सडक खण्डमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
उर्लाबारी ८ गुरुङ टोलमा भएको सडक सडक दुर्घटनामा मृत्यु भएका अन्दाजी ३५ बर्षिय ति पुरुषको पहिचान हुन नसकेको १ नम्ब प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उत्तर बाट दक्षिण तर्फ जादै गरेको मे ४ प ९२८५ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकलमा सवार ति व्यक्तिको मृत्यु भएको हो । मोटरसाइकल चालक ३० बर्षिय उपेन्द्र दनुवारको टाउकोमा गम्भिर चोट लागेको जनाइएको छ ।

Facebook Comments Box