दमक/लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज दमकमा उदघाटन गरिएको छ । अभियानको क्रममा भर्चुअल उद्घाटन कार्यक्रम गरिएको दमक नगरपालिकाले जनाएको छ ।

लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सवैको ऐक्यवद्धता भन्ने नारा सहित अभियानको उद्घाटन कार्यक्रम गरिएको हो । दमक नगरपालिका मूल आयोजक र अन्य विभिन्न संस्थाहरुको समन्वय रहेको कार्यक्रम नगरपालिकाका उपप्रमुख गीता अधिकारीको अध्यक्षतामा भएको थियो भने उद्घाटन कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ प्रमुख अतिथी रहेका थिए ।
मन्त्री श्रेष्ठले सम्वोधनका क्रममा लैंगिक हिंसा विरुद्ध प्रत्येक व्यक्ति र परिवार प्रतिवद्ध हुनु पर्ने बताए । सवै प्रकारका हिंसाका विरुद्ध सरकार कडा रुपमा प्रस्तुत भई रहेको भन्दै उनले हिंसा विरुद्ध सरकारले शुन्य सहनशिलता अपनाएको र त्यसैको परिणाम स्वरुप एसिड आक्रमण विरुद्ध कडा कानून ल्याईएको बताए । यस्तै विशिष्ट अतिथीको रुपमा रहेका प्रदेश १ का योजना तथा सुशासन समिति सभापति अर्जुन राईले हिंसालाई सधैका लागि अन्त्य गर्न सवै नागरिक जुट्नु पर्ने बताए ।
। कार्यक्रममा वक्ताहरुले भुर्चअल रुपमानै आफ्ना मन्तव्य राखेका थिए । अभियानको उद्घाटन कार्यक्रममा भर्चुअल रुपममानै दमकको कदम थिएटरका कलाकारहरुले चेतनामूलक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्यका क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले कोरोनाको महामारीका कारण भर्चुअल रुपमा कार्यक्रम गर्नु परेको बताए ।