पथरीशनिश्चरे/ मोरङको पथरी शनिश्चरे १ निवासी साविक पथरी गाविसका अध्यक्ष तिलक वान्तवा राईको कोरोना संक्रमणका कारण निधन भएको छ ।
६५ वर्षिय राईको सोमबार (गएराति) विराटनगरको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण देखिएपछि उनलाई धरान लगिएको थियो । अबस्था गंभीर बनेपछि करिव ५ दिनअघि उनलाई त्यहाबाट विराटनगर लगिएको थियो । यस अघि मोरङकै मधुमल्ला गाविसका पूर्व अध्यक्ष काशीनाथ पौडेलको १ मसिंरमा निधन भएको थियो ।

Facebook Comments Box