जातीय हिंसामा १०० को मृत्यु

Author Nishkarsha News
२०७६ जेष्ठ २८, मंगलवार ०७:३२

अफ्रिकी मुलुक मालीमा डोगोन जातीय समूहले गरेको आक्रमणमा एक सय मानिसको मृत्यु भएको छ। सांगा शहरनजिकैको मोप्ती क्षेत्रस्थित सोबामी डामा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।
करिब ५० जनाको समूहमा मोटरसाइकल र पिकअप भ्यानमा आएका हतियारधारी समूहले गाउँमा आक्रमण गरेका हुन् । उनीहरु महिला र बालबालिकालाई समेत निशाना बनाएका थिए। आक्रमणमा परेर मारिएका ९५ जनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन्। फेला पारिएका अधिकांश शव जलेको अवस्थामा भेटिएका थिए। आक्रमणमा परेका १९ जना अझै हराइरहेका छन्।
उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन्। पछिल्ला केही महिनायता मालीमा यस्तै खालका आक्रमणहरु हुने गरेका छन्।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्