दमक/ प्रदेश नं १ अन्तर्गतको धनकुटाको  सहिदभूमि गाउँपालिकाले महिला मैत्री कार्यक्रमको कार्यान्वयन शुरु गरेको छ । गाउपालिका उपाध्यक्ष रत्नश्वरी राईले साम्बुगाउ स्वास्थ्य चौकीमा आयोजित कार्यक्रमबीच हिजो ( सोमबार) सो कार्यक्रमको शुरुवात गरेकी हुन ।


गाउँपालिका अध्यक्ष मनोज राईले मातृ र बाल मृत्युदर घटाउँदै स्वास्थ्य संस्थामा महिलाहरुलाई आकर्षित गराउन सो कार्यक्रम ल्याइएको बताए । गाउँपालिकाले चालू आर्थिक बर्षदेखि शुरु गरेको उपाध्यक्षसंग सुत्केरी पोषण कार्यक्रम अन्तर्गत सोमबार ( हिजो) एकैदिन १७ जना सुत्केरीलाई जनही २ हजार रुपैयाका दरले पोषण भत्ता प्रदान गरेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।
सुरक्षित मातृत्वका लागि स्वास्थ्य संस्थामा सुत्केरी गराउन अनिवार्य आउन भन्ने उद्धेश्यले गाउपालिकाले सो कार्यक्रम ल्याएको उनले बताए । स्वास्थ्य चौकी वा स्वास्थ्य चौकीबाट अन्यत्र रेफर लगेपछि बच्चा जन्माउने सुत्केरीलाई त्यस्तो भत्ता उपलब्ध गराउने नीति रहेको गाउपालिकाले जनाएको छ । सहिदभुमी गाउपालिकामा पर्ने साम्बुगाउ स्वास्थ्य चौकी र आखिसल्ला स्वास्थ्य चौकीमा प्रसुती केन्द्र सञ्चालनमा छ ।

Facebook Comments Box