दमक/ मोरङको पथरी शनिश्चरे २ जय चोक र बेलबारी ४ मा हिजो साझ भएका अलग अलग दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भिर घाईते भएका छन ।
पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे ८ प ६३७७ नं. को मोटरसाइकललाई बिपरीत दिसाबाट आउदै गरेको को १ ख ६८३१ न. को बसले ठक्कर दिदा भएको दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ९ झापाका अन्दाजी ३२ बर्षिय मुकेश प्रसाद पौडेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते पौडेललाई पथरी अस्पताल पथरीमा उपचारका लागि लगिएकोमा तत्कालै उनको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । त्यसैगरी मोरङको बेलबारी ४ स्थित पुर्ब पश्चिम लोकमार्गमा हिजो सोमबार साझ भएको मोटरसाइकल दुर्घटनाका घाईते एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा बेलबारी ७ का ३७ बर्षिय नविन पौडेलको मृत्यु भएको हो । पुर्बबाट पश्चिम तर्फ आउदै गरेको १–०२–०४२ प ४२१६ नम्बरको मोटरसाइकल र बिपरित दिशा तर्फ जादै गरेको को.३९ प.३८०१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा भएको दुर्घटनामा पौडेल घाईते भएका थिए । उनको न्यूरो अस्पताल विराटनगरमा रातीनै मृत्यु भएको हो । अर्का मोटरसाइकाल चालक धरान १७ का २० बर्षिय प्रमोद राई र पछाडी सवार विपिन श्रेष्ठ गम्भिर घाईते भएका ट्रािफक प्रहरीले जनाएको छ । उनीहरुको धरानस्थित घोपामा उपचार भइरहेको छ ।