दमक/ दमकस्थित बसपार्क नजिकै पूर्वपश्चिम लोकमार्गमा अहिले साझ मोटरसाइकल र कार ठोक्किदा भएको दुर्घटनाका सबै घाईतेको अवस्था सामान्य रहेको छ ।
तत्काल पहिचान खुल्न नसकेका ति सवारी र सवारी साधनमा रहेका तीन जना मध्ये कार चालक इलाका प्रहरी कार्यालयमा आफैं पुगेका छन भने मोटरसाइकलका चालक र पछाडी सवार अर्का एकको दमक हस्पिटलमा प्रारम्भिक स्वास्थ्य परिक्षण भइरहेको छ । सो मोटरसाइकलका चालकले मादक पदार्थ सेवन गरेको पाइएको र कार चालकका बिषयमा अनुसन्धान भइरहेको इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ ।