दमक/झापाको विर्तामोडमा हिजो साँझ बोलेरेको ठक्करबाट घाईते एक युवकको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा तेह्रथुम आठराई घर भई हाल विर्तामोड बुट्टाबारी बस्ने अन्दाजी ३२ बर्षिय केवल खवास रहेका छन ।
उनलाई हिजो साझ करिब सवा ६ बजे पूर्वपश्चिम लोकमार्ग अन्तर्गत विर्तामोड ६ मा मे १ ज ३११९ नम्बरको बोलेरोले ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते खवासको उपचारका क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।