दमक/ आईतबार ( आज ) साझ कमल ६ मा दमक १ का चुडामणी भण्डारीको धारिलो हतियार प्रहारबाट मृत्यु भएकी श्रीमती टिकामायासंगै घाईते हुने दमक २ का ३५ वर्षिय प्रकाशचन्द्र दाहाल रहेको खुलेको छ ।
भण्डारीले आफनी श्रीमतीलाई दाहालसंग भेटेपछि दाहाल र आफनी श्रीमतीबीचको शंकास्पद सम्बन्धको आशंकामा धारिलो हतियार प्रहार गरेर श्रीमती टिकामायाको हत्या गरेका थिए भने संगै रहेका दाहाललाई चोट लागेपछि तत्काल फरार भएका थिए ।
उनको उपचारका लागि तत्कालै दमकको एडभान्स अस्पताल दमक ल्याइएको र थप उपचारको आवश्यक देखिएकाले विर्तामोडस्थित वीएण्डसी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज विजयराज पण्डीतले जानकारी दिए । उनको टाउको अनुहारको विभिन्न ठाउमा चोट लागेको बताइएको छ । भण्डारीको धान खेती कमल ६ को जोगिचौनमा रहेको र धान खेती उठाउन भनेर टिकामाया दाहालसंग त्यता गएकी बताइएको छ । हालसालै बैदेशिक रोजगारबाट फर्किएका भण्डारीले भने श्रीमती टिकामाया र दाहालबीच अस्वभाविक सम्बन्ध रहेको हुन सक्ने आशंकामा सो घटना गराएको प्रारम्भिक घटना क्रमले देखाएको छ ।