दमक/बैदेशिक रोजगारीमा रहेका झापा गौरीगञ्ज १ महाभाराका एक युवाले आफनो जन्मदिनको अवसर पारेर आज आइतबार झापाका विभिन्न स्थानमा एकसाथ वर पिपलका विरुवा रोप्ने कार्यक्रम सञ्चालन गरेका छन ।

जन्मदिनमा गरिने अनावश्यक खर्च कटौती गर्दै सो ठाउका कमल खड्काले आफनो ४१ जन्मोत्सवका अवसरमा बोलोचौक बिकास समिति( बोबिस)को सहकार्यमा ४१ जोडी बर पिपल वृक्षारोपणका लागि सहयोग गरेका हुन ।
कमल गाउपालिकामा अस्मिता न्यौपानेको संयोजकत्वमा ७ जोडी गौरीगञ्ज गाउपालिकामा सुनिता महतोका संयोजकत्वमा ९ जोडी , शिवसताक्षी नगरपालिकामा विजयकुमार ताजपुरिया र कमल ढकालको संयोजकत्वमा ११ जोडी बिर्तामोड नगरपालिकामा घनश्याम नेपाल र भरत महताराको संयोजकत्वमा ७ जोडी र अर्जुनधारा नगरपालिकामा महतराकै संयोजकत्वमा ७ जोडी वरपिपलका विरुवा रोपिएको बोलोचोक विकास समितिका अध्यक्ष डा.धर्मेन्द्र कुमार साहले जानकारी दिए ।

शिवसताक्षीमा भएको वृक्षारोपणमा सो वडाका वडाध्यक्ष पुण्य सापकोटा, शिवसताक्षी वडा नं.४ की वडा सदस्य सरिता लकान्द्री, गौरीगञ्ज १ मा स्वास्थ्य चौकी महाभाराका ल्याव प्रमुख सुनिता महत्व र सिनियर अ.हे.व. खगेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
आइतबार ( आज) नै जन्मदिन परेका शिवसताक्षी ४ की १३ बर्षिया छोरी लुसाङ्ग मोक्तान र ६ बर्षिय निमा मोक्तानले पनि सो वृक्षारोपणमा सहयोग पुरयाएका थिए ।
