काठमाण्डौ/ नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव आउँदो मङ्सिर २९ गते काठमाण्डौमा आयोजना गर्ने भएको छ ।
प्रतिष्ठानले २०२२ सालदेखि महोत्सव गर्दै आएको छ । यसअघि २०७२ सालमा गएको भूकम्प कारण कविता महोत्सव स्थगित भएको थियो । प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत बढाउने निर्णय गरेको छ ।
प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायका अनुसार प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनुलाई ४० हजार र तृतीय हुने तीन जनालाई जनही ३० हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्र दिइने छ ।