१६ जना जुवाडे कार र मोटरसाइकलसहित पक्राउ

Author Nishkarsha News
२०७७ मंसिर ६, शनिबार १२:४५

मोरङ/ मोरङको रतुवामाई नगरपालिका वडा नं ८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन् ।
शुक्रवार राती साढे ११ बजे स्थानीय सागर गडतौलाको घरमा जुवा तास खेलिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ६९ हजार ६९५ रुपैया नगद कौडा १६ थान, एक बुङ तास, मोटरसाईकल १९ थान र २ वटा कार सहित १६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका ७ का ४७ बर्षीय डिल्लीराम चौलागाई, ३५ बर्षीय मोती पौडेल, ४३ बर्षीय रामनाथ मैनाली, ४१ बर्षीय देबी प्रसाद प्रसाई, ३७ बर्षीय रामनाथ नेपाल, ४५ बर्षीय हेमलाल प्रसाई, ४० बर्षीय नारायण चुडाल, रतुवामाई नगरपालिका ८ का ४४ बर्षीय सन्त बहादुर राई, ३५ बर्षीय सागर गडतौला, ४५ बर्षीय दिपक ढुङगाना, ४५ बर्षीय देबराज घिमिरे, ३८ बर्षीय अशोक भट्टराई, ३९ बर्षीय राजन हस्ता सतार, ४५ बर्षीय गोपी पराजुली, ३६ बर्षीय रबिन पोखरेल र बेलबारी नगरपालिका ७ का २२ बर्षीय गणेश श्रेष्ठ रहेका छन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्