एकैदिन पाँच हजारभन्दा धेरै कोरोना सङ्क्रमणबाट मुक्त

Author Nishkarsha News
२०७७ मंसिर ५, शुक्रबार १७:२६

काठमाडौं/  शुक्रबार एकैदिन पाँच हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार पाँच हजार तीन सय ६४ जना कोरोनामुक्त भएका हुन् । योसँगै अहिलेसम्म एक लाख ९१ हजार दुई जनाले कोरोनालाई जितेका छन् ।

यस्तै गएको २४ घण्टामा एक हजार नौ सय ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार नौ सय ६५ पुगेको छ । अब नेपालमा २४ हजार ६ सय ६५ जना सक्रिय सङ्क्रमित छन् ।

यसैगरी गएको २४ घण्टामा २२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ सय ९८ पुगेको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्