दमक/ गौरादह ८ स्थित अरुणोदय प्राविका प्रधानाध्यापक झगेन्द्र खडकाको परिवारमा पितृ शोक परेको छ ।

शिक्षणसंगै पत्रकारितामा रहेका खडकाको परिवारका अभिभावक ८१ वर्षिय टेकबहादुर खड्काको आज दिउसो करिब साढे ३ बजे गौरादह नगरपालिका वार्ड नं. २ दहलु वस्ति स्थित आफनै निवासमा निधन भएको हो ।  उनको फोक्सोमा समस्या देखिएको थियो । हिजो दमकबाट सामान्य उपचारपछि उनलाई घर लगिएको थियो । स्व. खडकाका श्रीमति , चार छोरा र दुई छोरी छन । खडकाको भोली बिहान ९ बजे स्थानीय किस्ने घाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Facebook Comments Box