दमक/रातीका समयमा हुन सक्ने अपराधका घटना हुनबाट जोगाउन झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा सडक बत्ती जडान गरिएको छ । उज्यालो सडक, अपराधरहित समाज भन्ने नारासहित त्यहास्थित गुहेश्वरी युवा परिवारले गाउमा सडक बत्ती जडान गरेको हो ।


आइतवारे बजारदेखि गुहेश्वरी स्कुलको खेल मैदानसम्मको करिब एक किलोमिटर खण्डमा बत्ती जडान गरिएको संस्थाका उपाध्यक्ष नविन भट्टराईले बताए ।
सचिव अभिसेक घिमिरेका अनुसार सडक बत्ती जडान गर्न संस्थागत रुपमा युवाहरुले देउसी भैलो खेलेर ९८ हजार ९ सय ५१ रुपैया संकलन गरेका थिए । त्यसमध्ये ९३ हजार ४ सय ८५ रुपैयाँको लगानीमा सडक बत्ती जडान गरिएको सदस्य सौगात बस्नेतले जानकारी दिए । युवा परिवारले टुक्रेसम्मको सडकमा पोलैपिच्छे सडक बत्ती जोड्ने र पछि केही भए त्यसको मर्मत पनि संस्थाले व्यहोर्ने गरी आबश्यक तयारी समेत गरिएको उनले बताए ।
पाँच वर्षअघि आइतवारे बजार उत्तरका युवाहरुले सामाजिक कार्य गर्ने उद्देश्यले सो युवा परिवार स्थापना गरेका हुन् । त्यस संस्थाले गाउँघरमा सरसफाई, विभिन्न पूजाआजा, टोलका बासिन्दालाई भाडावर्तन, त्रि पाल उपलव्ध गराउँदै आएको छ ।
संस्थाले सडकबत्ती जडानको आयव्यय समेत सार्वजनिक गरेको छ । हिसाव सार्वजनिक कार्यक्रममा युवा परिवारका सल्लाहकार संयोजक एलवी विष्ट, संस्थाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । त्यस संस्थामा त्यस टोलका १ सय बढी युवाहरु आवद्ध छन् ।

Facebook Comments Box