दमक/ सोमबार उपचारका क्रममा काठमाडौंमा निधन भएका मोरङको साविक मधुमल्ला गाविसका पूर्व अध्यक्ष एवं सहकारी अभियान्ता काशीनाथ पौडेलको आज अन्त्येष्टी गरिएको छ ।


पछिल्लो समय दमक २ मा बसोबास गर्दै आएका पौडेलको हिजो सोमबार करिब साढे ३ बजे काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । अन्तरसंस्था बहुउद्धेश्यीय कृषि उद्योग केन्द्रका अध्यक्ष समेत रहेका पौडेलको आज मावा नदीमा अन्त्येष्टी गरिएको हो । उनको अन्त्येष्टीमा झापा र मोरङबाट सर्वसाधारण, सहकारीकर्मीहरु तथा राजनीतिकर्मीहरु समेत पाच सय बढी मानिसहरु सहभागी भएका थिए ।


पारिवार स्रोतका अनुसार जण्डिस रोगबाट लामो समयदेखि पीडित पौडेलको पछिल्लो समय मृगौलामा समेत समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय पौडेल २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन नेकपा एमालेका तर्फबाट उम्मेदवार भई मधुमल्ला गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । उनी मेची सहकारी संस्था दमकको मधुमल्ला सेवा केन्द्रका संयोजक समेत हुन । स्व. पौडेलका एक छोरा र दुई छोरी छन ।

Facebook Comments Box