दमक/ मोरङको लेटाङ ९ स्थित एक घरबाट कौडा, तास र नगद १ लाख ८८ हजार रुपैयासहित ७ जना पक्राउ परेका छन । प्रहरीका अनुसार मंगलबार बिहान जुवा खेल्दै गरेका सात जना पक्राउ परेका हुन ।
लेटाङ ९ स्थित जाँतेमा स्वेता मगरको घरबाट प्रहरीले लेटाङ ९ का ४५ वर्षे ददिराम पौडेल, २५ वर्षे निर्मल मगर, ३१ वर्षे रञ्जित गजमेर, ५२ वर्षे नरध्वज खड्का, ३२ वर्षे चन्द्रबहादुर गौतम, २९ वर्षे सिरिकुमार पुलामी मगर र तेह्रथुम मेन्सायोङ ३ का यमकुमार शेर्पालाई पक्राउ गरेको हो । प्रहरीले नगदसहित एक सेट कौडा, ६ बुक तास र १६ थान मोवाइल बरामद गरेको जनाइएको छ ।