आज दमकमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं २ का ३६ वर्षिय युवा रहेका छन् । आफ्नो वडाका ति युवाको मृत्यु भएको वडाध्यक्ष प्रजापति सापकोटाले समेत पुष्टि गर्नु भएको छ । दमक नगरपालिकाको कोभिड हस्पिटलबाट उपचारका लागि विराटनगरतर्फ लादै गर्दा उनको बिहान ११ बजे बाटैमा मृत्यु भएको जनाईएको छ । पछिल्लो समय दमकमा कोरोना संक्रमण तिव्र ?पमा फैलिई रहेको छ ।