दमक/ दमकमा आज कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ भने एकै दिन ३७ जना नया संक्रमित थपिएका छन ।
दमक ६ का मोहन अधिकारीकी पत्नी गीता कार्की अधिकारीको ४५ बर्षको उमेरमा निधन भएको हो । हिजो मात्रै कोरोना पोजिटिभ देखिएकी ति महिलाको आज उपचारका क्रममा विराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । दमकमा आज थपिएका ३७ जना सहित संक्रमितको संख्या ६९१ पुगेको छ । ति मध्ये ३६६ जना कोरोना उपचारपछि निको भएका छन । भने मृतकको संख्या दमकमा २४ पुगेको छ । मृतकको सूचीमा राखिएकी दमक ५ की एक युवतीले भने संक्रमण पुष्टि भएपछि झुण्डिएर आत्महत्या गरेकी हुन ।
आज थपिएकाहरु वडा नं १ देखि १० सम्मकै १८ महिला र १९ पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दमकसहित जिल्लाका अन्य पालिकामहरुमा समेत आज कूल ८५ जना संक्रमित देखिएका छन । उनीहरु मध्ये ४२ महिला र ४३ पुरुष छन ।
कोरोना संक्रमितहरु कसैमा लक्षण देखिने त कसैमा नदेखिने समस्याका कारण कोरोनाप्रति मानिसहरुको साझा धारणा बन्न सकिरहेको छैन ।
यहा कतिपय संक्रमितहरु आफूमा कोरोना पोजिटिभ देखिएपनि स्वास्थ्यमा कुनै समस्याको अनुभव नभएको सुनाइरहेका छन भने कोही संक्रमितहरु निक्कै कष्टपूर्ण अनुभवहरु सुनाउने गर्छन । दमकमा पछिल्लो समय मृत्यु भएकाहरु मध्ये २४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

Facebook Comments Box