दमक/झापाको दमककी एक महिलाको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ । दमक ६ की ४५ बर्षिया एक महिलाको आज विराट मेडिकल कलेजमा करिब ६ बजे उपचारका क्रममा मृत्यु भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराइले ति महिलाको मृत्यु भएको जनाएका छन । उनका अनुसार ति महिलामा हिजो मात्रै कोरोना पोजिटिभ भएको रिपोर्ट आएको थियो । उपचारका लागि आज अस्पताल पुरयाएपनि उनको मृत्यु भएको जनाइएको छ । दमकमा दिनानु दिन संक्तमण बढने क्रम उस्तै छ ।
बिहिबार मात्रै दमकमा ३७ जना कोरोनाका नया संक्रमित थपिएका छन । आज रिपोर्ट आएकाहरु मध्ये धेरै अघि स्वाव संकलन गरिएकाहरुको पनि रहेको छ । हाल सम्म दमकमा ६९१ जनामा संक्तमण देखिएको छ भने ३६६ जना उपचार पछि घर फर्किएका छन ।

Facebook Comments Box