दमक/ दमक २ बेलडागीमा दमक नगरपालिकाले सञ्चालनमा ल्याएको दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा संक्रमितहरुलाई राखेर उपचार गर्न शुरु भएको छ ।
दुई दिन अघि उदघाटन गरिएको सो उपचार केन्द्रमा हाल चार जना संक्रमित उपचाररत रहेका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
शाखाका कुबेर भट्टराईका अनुसार त्यहा अक्सिजनसहित ४ बेडको एचडियु सेवा समेत सञ्चालनमा छ । कोभिड उपचार केन्द्रमा यस अघि १०३ जनाको कोरोना परिक्षणका लागि स्वाव संकलन गरि प्रयोगशाला पठाइएको छ । ति मध्ये आंशिकको रिपोर्ट प्राप्त भइसकेको छ भने भोली बिहिबार पनि स्वाव संकलन गरिने जनाइएको छ ।
नगरपालिकाले मापदण्ड भित्र परेका कोरोनाका लक्षण देखिएका संकास्पद विरामीको स्वाव संकलन गरेर निशुल्क परिक्षण गर्ने गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले जानकारी दिए । सो अस्पतालमा उपचार समेत निशुल्क गरिदै आएको नगरपालिकाले जनाएको छ ।