भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा चुर्लुम्मै डुबेको छ । गाडी डुबेपनि मन्त्री महासेठ सकुशल छन् ।
पुलको शिलान्यास गरेर फर्केको मन्त्रीको गाडी खोलामा फसेको हो ।
आज सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार गाडी खोलामा डुबेको हो । बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबे पनि सुरक्षाकर्मीको सहयोगमा मन्त्री महासेठलाई बाहिर निकालिएको थियो ।
खोलामा पानीको सतह बढेसँगै बिग्रिएको बाटोलाई मर्मत गरिएको थियो तर मन्त्रीका सवारी चालकलाई ग्रामीण सडकको बारेमा राम्रो जानकारी नहुँदा दुर्घटना हुन पुगेको बताइएको छ । स्रोत ः उज्यालो नेटवर्क