दमक/विश्व गुणस्तरीय दिवसका अवसर पारेर क्वेष्ट नेपालसहित गुणस्तर सम्वन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा क्रियाशील संघ संस्थाहरूको संयुक्त आयोजनामा अन्तरकृया गरिने भएको छ ।


देशव्यापी रूपमा आयोजना गरिदै आएको सो कार्यक्रम यसपटक कोरोना महामारीका कारण भर्चुअल मार्फत गरिने आयोजक संस्था क्वेष्ट नेपालका प्रदेश संयोजक सागर श्रेष्ठले जानकारी दिए ।
प्रदेशस्तरिय सो अन्तरकृयामा शिक्षा, स्वास्थ, सुरक्षा, उद्योग धन्दा,व्यापार, व्यवसाय तथा सामाजिक अभियन्ताका विज्ञहरुले आफना विचार आदान प्रदान गर्ने छन् ।
अन्तरकृयामा इनस्टूरिंग क्वालिटी इन फूड प्रोडक्सन एण्ड मेनेजमेन्टकी मेगालिकी डे सिल्भा, ओम्निमा ल्यवोरेटोरिज काठमाडौंका फयाक्ट्री अपरेसन प्रमुख जयवीर कर्माचार्यले गुणस्तरको अवधारणा सम्बन्धी आफना धारणा राख्ने छन् ।
त्यस्तै, २१ औं शताव्दीमा गुणस्तरिय शिक्षाका विषयमा काठमाडौंस्थित युलेन्स स्कुलका प्रिन्सीपल मेदनी लामिछानेले, सफलताको अनुभव सम्बन्धी आफना अनुभव व्यक्त गर्न पूर्वाञ्चल ल्यूव आयलका मेनेजिङ डाइरेक्टर भोलेश्वर दुलाल,सफलताको असल प्रयोगका बारेमा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईले र गुणस्तरिय वस्तु उत्पादनका लागि अत्याधुनिक एवं बैज्ञानिक प्रविधिका बारेमा एमएम प्लास्टिक उद्योगका मेनेजिङ डाइरेक्टर शुरेस प्याकुरेलले विचार राख्ने छन् ।
त्यस्तै, अन्तरकृयामा झापा मोडल अंग्रेजी विद्यालय (जेम्स )का विद्यार्थीहरुले घटना अध्ययन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने तय भएको आयोजकले जनाएका छन् । दु्रत गतिमा समृद्ध बन्दै गएको जापानवाट प्रतिपादित यस सिद्दान्तलाई थप प्रभावकारी वनाउदै लैजान अन्तरकृयाको जोड रहने उनले वताएका छन् । मानव प्राणीसंग सम्वन्धित मात्र होईन सवै खाले उत्पादनहरू गुणस्तरीय हुनुपर्छ भन्ने मान्यतालाई सचेतना दिने उद्देश्यले कार्यक्रम तय गरिएको प्रदेश नं १ का कार्यक्रम संयोजक श्रेष्ठले वताए । कार्यक्रममार्फत अन्तरकृयाले गुणस्तर बृद्दिमा जनचेतना जगाउन सहयोग पुरयाँउने कार्यक्रम सञ्चालिका जश्मिन श्रेष्ठ ( करन्जित ) ले वताईन् ।

Facebook Comments Box