सुनसरी/ सुनसरीको बराहक्षेत्र न.पा. १ करमखोला स्थित कान्छिचौक चतरा सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाईते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
पुर्वबाट पश्चिम जादै गरेको प्र १–०२–०४०प ५२९६ नं. को मोटरसाइकलले सो ठाउका ५५ बर्षिय धन बहादुर कार्कीलाई ठक्कर दिदा गम्भिर घाइते भएका थिए । हिजो भएको सो दुर्घटनाका घाइते कार्कीको उपचारका क्रममा रातीनै धरानमा मृत्यु भएको हो भने मोटरसाइकल चालक रञ्जित राई गम्भिर घाइते भएका छन ।
त्यसैगरी हरिनगरा गापा ३ स्थित भित्रि सडक खण्डमा निमार्णाधिन सडकमा पानी हाल्दै गरेको को २ त ९८८९ नं. को ट्याङकर विद्युतको पोलमा ठोक्किदा भएको दुर्घटनामा रामधुनी १ का १८ बर्षिय मनोज श्रेष्ठको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । श्रेष्ठ सो टयाङकरका सहचालक भएको बताइएको छ । उनको जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।