दमक/पूर्व पश्चिम लोकमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका वडा नं ३ नया बस्ती चोकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा भएको दुर्घटनामा दुई जना गम्भिर घाईते भएका छन ।
१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पश्चिमबाट पुर्व जादै गरेको मे ९ प ९१७ नं. को मोटरसाइकलले आज बिहान करिब साढे ४ बजे ठक्कर दिदा पैदलयात्री कचनकवल –३ का ५३ बर्षिय हरिभक्त दाहाल र मोटरसाइकल चालक १८ बर्षिय सुमन निरौला गम्भिर घाइते भएका हुन ।
दुर्घटनामा मोटरसाइकल पछाडी सवार ३४ बर्षिय आशिष निरौला सामन्य घाइते भएका छन । गम्भिर घाईते दाहाल र निरौलाको उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।