दमक/नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा रहेर लामो समय झापाको सामाजिक क्षेत्रमा योगदान पुरयाएका रेवतीरमण नेपालको निधन भएको छ । रेडक्रस सोसाइटी झापाका पूर्व सभापति एवं पुर्व केन्द्रिय सदस्य रेवतिरमण नेपालको गएराती निधन भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

कोरोना संक्रमणका कारण नेपालको गएराती करिब १०.४५ बजे निधन भएको बताइएको छ । झापाको हल्दिबारीका बासिन्दा उनको बिराटनगरस्थित कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ढकालले जानकारी दिए । उनमा एक साता अघि कोरोना पोजेटिभ देखिएको थियो ।