इटहरी/ सुनसरीको दुहवी नगरपालिका ३ बाट तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यहा तास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले सतहत्तर हजार सात सय दश रुपैया नगद र ३ बुङ तास सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दुहवी नगरपालिका ३ का ३४ बर्षीय अनिश सिंह, ४२ बर्षीय संसद मिया, ४६ बर्षीय मंगल शाह, ३६ बर्षीय टेक बहादुर गिरी, ३८ बर्षीय आलम अन्सारी, ३४ बर्षीय दिपक अकेला, ५२ बर्षीय मो.मोक्तार, ४५ बर्षीय हजरत मिया र ४४ बर्षीय सन्तोष बराल रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Facebook Comments Box