दमक/ दमक २ भाङबारीका पुराना बासिन्दा एवं आचार्य परिवारका अभिभावक डिल्लीराम आचार्यको ९२ बर्षको उमेरमा आज बिहान निधन भएको छ । उनको आज बिहान ४.१५ बजे निजी निवासमा निधन भएको हो ।


विसं १९८६ सालमा इलामको गजुरमुखीमा जन्मिएर २०१९ सालमा दमकमा बसाइ सरि आएका आचार्यका ४ छोरा, ३ छोरी, ११ नाती, १० नातिनी, ८ पनाति र ९ पनातिनी रहेका छन । स्वर्गीय आचार्यका नातीद्धय श्याम आचार्य नेविसंघ झापाका पूर्व उपसभापति तथा नेपाली कांग्रेसका स्थानीय नेता एवं प्राध्यापक हुन भने अर्का नाति पारसमणि आचार्य दमक बहुमुखी क्याम्पसका प्राध्यापक हुन । स्व. आचार्यको आज बिहान ९ बजे दाहसंस्कारका लागि कन्काई नदी तर्फ लगिने पारिवारिक स्रोतले जनाएको छ ।

Facebook Comments Box