दमक/झापाको दमकमा पछिल्लो २४ घण्टामा ११ महिलासहित थप ३४ जना कोरोनाका नया संक्रमित थपिएका छन । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आज थपिएका संक्रमितहरुमा ४ बर्षीय बालकदेखि ७६ बर्ष सम्मका बृद्ध छन ।
त्यसैगरी दमकका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक जना पुरुष मृतकको पहिचान भइसकेको भएपन िअर्का एकको विस्तृत विवरण आउने क्रम जारी रहेको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जनाकारी दिए । दमकमा संक्रमित मृतकको संख्या २३ पुगेको छ ।

Facebook Comments Box