दमक/ जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राईलाई पितृ शोक परेको छ ।
उनका वुवा धनबल राईको ९९ बर्षको उमेरमा गए राती ८ वजे कमल ६ स्थित आफनै निवासमा निधन भएको हो । मृतक धनबल कमल गाउपालिकाका बयोबृद्धहरु मध्येका एक हुन ।

प्रजातन्त्र प्राप्तिको आन्दोलनका पुराना योद्धाका रुपमा उनी परिचित थिए । २००७ सालको आन्दोलन र त्यसपछिका राजनीतिक व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनमा उनी बहुदलीय प्रजातन्त्रका पक्षमा सक्रिय थिए ।
उनका श्रीमती ४ छोरा र २ छोरी छन् । दिपेनवाला कान्छा हुन् । राजनीतिसंगै सामाजिक क्षेत्रमा क्रियाशील राई त्यस अघि करिब एक दशक झापाली पत्रकारितामा थिए । उनी नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व सचिव पनि हुन ।