दमक/ कोरोना संक्रमणका कारण देशभर थप १७ जनाको मृत्यु भएको छ । योसगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २०६ जना संक्रमण मुक्त भएका छन् । यो सगै हालसम्म १ लाख ५५ हजार ११४ जना निको भएका छन् ।
आज देशभर ३५ हजार ४३५ जना सक्रिय संक्रमित छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २०६ जना संक्रमणमुक्त भएका छन् ।