दमक/झापा जिल्ला बुद्धिचाल सङ्घको चौथो साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ ।

दमकको सप्तश्री एकेडेमीमा सम्पन्न सभाले कृष्ण प्रसाद सिग्देलको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।

संघको उपाध्यक्षद्वयमा देवराज गजमेर र भरत गुरुङ, सचिवमा झमक प्रसाद प्याकुरेल र कोषाध्यक्षमा सुरज लिम्बू चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा वेदनाथ भट्टराई, दीपक दङ्गाल, मञ्जु खत्री, इन्द्र प्रसाद सिग्देल, पुष्पा चापागाईँ र सबिन निरौला रहेका छन् ।
कार्यक्रम नेपाल बुद्धिचाल सङ्घका केन्द्रीय सचिव धरम बहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।

Facebook Comments Box