दमक/ आज एकैदिन झापामा ५ बर्षदेखि ८२ बर्ष उमेर सम्मका ७२ जना कोरोनाका नया बिरामी थपिएका छन । यससंगै जिल्लामा संक्रमितको संख्या २४३४ पुगेको छ । ति मध्ये १४२३ जना उपचारपछि निको भएका छन भने ९५४ जना सक्रिय संक्रमित छन ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार आज थपिएका ७९ मध्ये दमकका मात्रै २३ जना छन । जिल्लामा आज थपिएका संक्रमित मध्ये दमकका दुई सहित कूल ५ जना स्वास्थ्यकर्मी छन । दमकपछि धेरै संक्रमित थपिनेमा विर्तामोड नगरपालिका रहेको छ । सो नगरपालिकामा आज १९ जना नया संक्रमित थपिएका छन ।
विर्तामोडपछि भद्रपुरमा ११, अर्जुनधारमा ५, मेची नगरमा ३, शिवसताक्षीमा ३, कन्काईमा ३, हल्दिबारीमा २, गौरादहमा १ जना र पालिका नखुलेका अर्का एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Facebook Comments Box