दमक/ झापा दमकका पुराना स्थापित व्यवसायीहरु रौनियार परिवारमा शोक परेको छ । व्यवसायीहरु बिक्रम,दिपेन्द्र,रतनदिप र सन्जित रौनियारकी आमा ललिता देवी रौनियारको आज बिहान ७७ बर्षको उमेरमा निधन भएको हो ।

दम रोगबाट पीडित बृद्धा ललिताको स्वास्थ्यमा आज एक्कासी थप समस्या देखिएपछि उपचारका लागि आम्दा अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । उनमा दम रोग रहेको र यस अघिनै नोबेल अस्पतालका चिकित्सकहरुले छातीमा इन्फेक्सनका कारण खोकी बढने बताएका थिए । पछिल्लो समय उनमा खोकीको मात्रा बढेको थियो । उनको दाहसंस्कारका लागि आज दिउसो २ बजे कन्काई नदीमा लगिने पारिवारिक स्रोतले जनाएको छ ।