बिराटनगर/ ईटहरी उपमहानगरपालिका ८ स्थित एक किराना पसलबाट ठुलो परिमाणमा पटका सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा इटहरी ११ का २५ बर्षीय प्यारचन्द चौधरी, २३ बर्षीय गणेश चौधरी र किराना पसल संचालक ताहिर मिया रहेका छन् ।

मियाको किराना पसलबाट प्रतिबन्धित बिष्फोटक पदार्थ पटकाहरु भण्डारण, ओसारपसार तथा बिक्रि वितरण भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३३ बण्डल बिभिन्न किसिमका पटका बरामद गरेको हो ।

पटका सहित पक्राउ परेका मानिसहरुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखेर कानुनी कारवाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
यसैगरी झापाको अर्जुनधारा र नकलबन्दा एरियाबाट ६ लाख ५० हजार बराबरको पटका बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो सो मुल्य बराबरको पटका बरामद गरेको हो ।