दमक ,१८ कार्तिक । कोरोना संक्रमणवाट दमकमा आज थप एक जना वृद्धको मृत्यु भएको छ । दमक ६ निवासी ७१ बर्षिय अधिकारी थरका वृद्ध पुरुषको आज विहान मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

पाँच दिन अघि संक्रमण देखिएका वृद्धको होम आइसोलेसनमा मृत्युभएको स्वास्थ्य शाखाका कुवेर भट्टराईले वताए । मृतक उच्चरक्तचापका विरामी थिए । यससंगै दमकमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ३ महिलासहित १८ पुगेको छ ।

Facebook Comments Box