संखुवासभा/ संखुवासभाको मकालु गाउँपालिका ५ मा भएको टिपर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।
निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाका कार्यरत सिमरा जितपुर उपमहानगरपालिकाका ३६ बर्षीय सम बहादुर योन्जन तामाङको मृत्यु भएको हो ।
आईतवार राती ११ बजेको समयमा फाक्सिन्दा दोभानबाट बालुवा लिएर फर्कदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर अचानक दुर्घटना हुदा तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।