सुनसरी \सुनसरी रामधुनी २ शिवनगरस्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी २ शिवनगरका २४ बर्षीय निमेश चौधरी र मोटरसाईकल पछाडी सवार २३ बर्षीय जिवन चौधरी रहेका छन ।
हिजो राती साढे ८ बजे को २६ प ५६५१ नम्बरको मोटरसाईकल साईडमा रोकि राखेको को २ त ९८७६ नम्बरको ट्याक्टरको ठोकिएर दुर्घटना हुदा मोटरसाईकल चालक निमेश र पछाडी सवार जिवन गम्भिर घाईते भएका थिए । उनीहरुको घोपा धरानमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Facebook Comments Box