दमक / गुडिरहेको मोटरसाइकलबाटअचानक खस्दा झापा गौरीगञ्ज की ६५ वर्षीया एक वृद्धाको उपचारको क्रममा बिहिबार मृत्यु भएको छ । वडा नम्बर ५ की पूर्णसरी ताजपुरियाको उपचारको क्रममा विराटनगरको गोल्डेन अस्पतालमा निधन भएको हो ।

मोरङको रतुवामाई नगरपालिका–५ लारिकट्टाको भित्री सडकखण्डमा को ३७ प २२३२ नम्बरको मोटरसाइकलमा सवार ताजपुरिया अचानक खसेकी थिइन् । उनको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय मोरङ जनाएको छ ।

मोटरसाइकल र चालक मोरङ रतुवामाई–५ का २४ वर्षीय धर्मानन्द ताजपुरियालाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाइएको छ ।

Facebook Comments Box