झापा/ अझै पनि समाजमा महिलालाई तुलनात्मक रुपमा पुरुष भन्दा इमान्दार व्यवहार गर्छन र जिम्मेवार हुन्छन भन्नेनै विश्वास छ ।

त्यसमाथि अदालतमा हुने महिला कर्मचारीबाट पीडित पक्षले न्यायको अपेक्षा राख्नु स्वभाविक हो । अदालत त्यसैपनि जो कोही अन्यायमा पर्दा न्याय खोज्दै जाने ठाउँ हो । तर त्यही अदालतमा घुस खाएर मुद्धा मिलाईदिन्छु भन्ने कर्मचारी भएपछि न्याय खोज्न कहाँ जानु ?

घट्ना आजकै हो नावालकको सवारी ज्यान सम्बन्धी मुद्धा मिलाईदिन्छु भन्दै पीडितसंग घुस माग्ने रुपन्देही जिल्ला अदालतमा कार्यरत एक महिला कर्मचारी घुससहित पक्राउ परिन् ।  जिल्ला अदालतकी बाल मनोविज्ञ शान्तीदेवी अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले १० हजार घुस सहित रंगे हात पक्राउ गरेको हो ।

अधिकारीलाई भैरहवाको अञ्चलपुर स्थित नेपाल बिद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रको परिसार भित्रबाट पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । उनका बिषयमा थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।

Facebook Comments Box