दमक/दमकमा रहेको किवानिज क्लब अफ दमकले किवानिज एक दिन कार्यक्रम अन्तर्गत हाम्रो बाल आश्रममा रहेका बालबालिकाहरुलाई खाद्य सामग्री हस्तान्तरण गरेको छ ।


दशै विशेष शुभकामना आदानप्रदान सहित खाद्य सामग्री सहयोग गरेको हो । बालआश्रमका सचिव साजन श्रेष्ठलाई किवानिज क्लवका अध्यक्ष रवि के सीले चामल भुजा मासु चिउरा लगायतका सामाग्री हस्तान्तरण गरेका थिए ।
त्यसैगरी पाणिनि माविमा अध्ययनरत एक विपन्न विद्यार्थीलाई पनि खाद्य सामाग्री प्रदान गरेको हो । अमृता राजवंशीलाई क्लबले एक वर्षदेखि अभिभावकत्व ग्रहण गर्दै अएको छ ।


सहयोग हस्तान्तरण कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक टिका भण्डारी क्लबका अध्यक्ष रवी केसी, इलेक्ट प्रेसीडेन्ट शशीराज बिस्ट लगायत पदाधिकारीहरुको सहभागिता थियो । किवानीज कल्व अफ दमक समाजसेवा गर्ने उद्धेश्यले एक वर्ष अगाडी गठन भएको हो । प्रत्येक वर्ष अक्टुवर बिश्वभरीनै किवानिज वान डे कार्यक्रम अन्तर्गत बिभन्न कार्यक्रम गरी मनाइँदै आएको क्लबका उपाध्यक्ष गोबिन्दराज कट्टलेले बताए ।

Facebook Comments Box