मोरङ/ मोरङ बेलबारी ४ की १९ बर्षीया समिक्षा राईको स्कुटर दुर्घटनामा मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराती पौने १२ बजे बेलबारी४ स्थित भित्री सडक खण्डमा को ३२ प ५६३७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुदा गम्भिर घाईते भएकी उनको उपचारका क्रममा न्युरो अस्पताल बिराटनगरमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।