ओखलढुंगा/ ओखलढुंगा मानेभञ्ज्याङ ७ हर्कपुरका प्रदिप कार्कीको दुई बर्षीय छोरा प्रमेश कार्कीको लडेर मृत्यु भएको छ । आज विहान साढे ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा छतबाट एक्कासी लडेर बेहोस भएका प्रमेशको उपचारका क्रममा मृत्यु भएको हो ।

वेहोस भएका प्रमेशको स्थानीय अस्पतालमा उपचारको क्रममा साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Facebook Comments Box