
दमक/ दमक स्थायी घर भई हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी निरिक्षक सरोज खनाल उत्कृष्ट प्रहरी अनुसन्धानकर्ताका रुपमा पुरस्कृत भएका छन ।
प्रहरी दिवस २०७७ को अवसर पारेर उनलाई उत्कृष्ट प्रहरी अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरिएको हो । अपराध अनुसन्धानको जिम्मेवारी उत्कृष्ट ढंगबाट पुरा गरी प्रहरी संगठनको गरिमालाई बढाउन योगदान गरेको ठहर गर्दै प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीद्धारा हस्ताक्षरित सम्मान पत्र प्रदान गरिएको छ ।