दमक/ दमक ४ स्थित दुर्गा टोल विकास संस्थाको नयाँ नेतृत्व चयन भएको छ । दुर्गा मन्दिर सेवा प्रतिष्ठानमा शुक्रबार भएको संस्थाको चौथो साधारण सभाले दिपेश दाहालको अध्यक्षतामा ९सदस्यीय नयाँ समिति चयन गरेको हो ।


संस्थाको उपाध्यक्षमा निर्मला पाठक ,सचिवमा पदम प्रसाद सापकोटा , सहसचिवमा मनिता आचार्य र कोषाध्यक्षमा अनिता उप्रेती चयन भएका छन । कार्यसमिति सदस्यहरुमा अञ्जना राजबंशी , बाबुराम रिजाल, कल्पना नेपाली र गौरी सिटौला रहेका छन ।
संस्थाका अध्यक्ष राजन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पाँच सदसीय सल्लाहकार समिति समेत चयन गरेको छ।राजेन्द्र सिटौला संयोजक रहेको उक्त समितिमा सुर्जे प्रसाद सिटौला, अग्नि प्रसाद भेटवाल ,दिनेश दाहाल, राजन दाहाल सदस्य रहेका छन । सो साधारण सभामा हाल सम्मको आय ब्ययको विवरण समेत प्रस्तुत गरिएको थियो ।

Facebook Comments Box