दमक/झापाको कमल गाउँपालिका वडा नं २ मुजुरभिट्टामा राप्रपाले विजयादशमी, दिपावली तथा छैठ पर्वको अवसर पारेर कार्यकर्ताहरुबीच शुभकामना आदनप्रदान तथा परिचयात्मक कार्यक्र गरेको छ ।


राप्रपाका पार्टी परिचालन तथा अनुगमन समिति संयोजक दिपक खरेलको अध्यक्षता र महामन्त्री एवम सांसद राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका एक नम्बर प्रदेश संयोजक राम थापा, जिल्ला अध्यक्ष अमर विष्ट, क्षेत्रीय अध्यक्ष विजय बराल, गाउँ समिति अध्यक्ष विष्णु प्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा सहभागीहरुले यस बर्ष कोरोना महामारीका कारण चाडपर्व सुरक्षित रुपमा मनाउनु पर्नेमा जोड दिएका थिए । राप्रपाले हालै कमल गाउँपालिकाका ७ वटै वडामा नेतृत्व चयन गर्दै संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको थियो । सोही अवसरमा अभियानलाई अब गाउँ, टोल स्तरमा कार्यकर्ताहरु माझ जारी राख्ने पनि राप्रपाले निर्णय गरेको छ । चाडपर्वलाई सामान्य रुपमा मनाउन र समाजका हुन सक्ने अपराध तथा विकृति विसंगतिहरु अन्त्यका लागि आआफनो ठाउँबाट भुमिका निर्वाह गर्ने निर्णय पनि गरिएको कार्यक्रमको अध्यक्षता गरेका पार्टी परिचालन तथा अनुगमन समिति संयोजक खरेलले बताए ।

Facebook Comments Box