दमक/ कोरोना संक्रमण पुष्टि भएको १२ दिनमै झापाका एक जना पत्रकारले कोरोना जितेका छन । राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य दयाराम दाहाल ( सुलभ) १२ औं दिनमा कोरोना मुक्त भएका हुन ।


असोज १६ गते कोरोना पोजेटिभ भएपछि उनी भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए । उनको पछिल्लो पीसीआर परीक्षण गर्दा नगेटिभ रिपोर्ट आएको छ । कोरोना नेगेटिभ आएसंगै उनी डिस्चार्ज भएका छन । उनी कचनकवलका स्थायी बासिन्दा हुन ।  झापामा उनीसहित तीन पत्रकारमा कोरोना संक्रमण भएको थियो । मेचीनगर र विर्तामोडका अरु दुई जना संक्रमित पत्रकार उपचारकै क्रममा छन । पत्रकार दाहालले बलियो आत्मविश्वासका कारण कोरोनालाई सजिलै परास्त गरेको बताएका छन् ।

Facebook Comments Box