दमक/ बृद्धबृद्धा र बालबालिकामा कोरोनाको जोखिम बढी हुने भन्ने प्रचार भइरहँदा झापाको दमकमा भने आज एकैदिन २० देखि ३८ बर्ष उमेर समुहका चार जना युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा आज कोरोना संक्रमण पुष्टि भएका दमकका चार जना मध्ये २०, २८, ३२ र ३८ बर्षका छन । उनीहरु मध्ये दुई महिला हुन । वडा नं १, ५, ७ र ८ का एक / एक जनामा आज संक्रमण देखिएको हो ।
दमकमा चारसहित आज झापामा एकैदिन ४१ जनामा कोरोना पोजिटिभ देखिएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ । ति मध्ये मेची नगर नगरपालिकाका प्रमुख विमल आचार्य पनि एक हुन । दमकका नगर प्रमुख रोमनाथ ओली, पत्नी लीला ओलीसहित दमकका चार जना जनप्रतिनिधिमा यस अघि कोरोना संक्रमण देखिइसकेको छ । उनीहरु सबै उपचारका क्रममा छन ।