झिलझिले/  ११ बर्ष अघि सडक दुर्घटनामा परेर पनि उपचारपछि पुर्नजिवन पाएका झापा शिवसताक्षी ८ झिलझिलेका एक युवकको फोक्सोमा समेत घाउ भएपछि उनलाई बचाउन स्थानीय युवाहरु सक्रिय भएका छन ।
सो ठाउँका विश्वनाथ न्यौपानेको उपचारका लागि झिलझिले र आसपास क्षेत्रका युवाहरुले विश्वनाथ न्यौपाने बचाउ अभियान मार्फत सक्रियता बढाएका हुन । न्यौपाने २०६६ साल असार ६ गते झापाबाट काठमाडौं जाने क्रममा हेटौडा नजिकै बस दुर्घटनामा परेका थिए ।


लामो समय सम्म उपचार गराएर पुनर्जीवन पाएका उनको फोक्सोमा हाल समस्या आएको छ । नोबल अस्पताल विराटनगरमा सो समस्या पत्ता  लागे पनि उपचारका लागि परिवारको आर्थिक अवस्था समेत दयनिय रहेको छ । उनका बुबा ७५ बर्षिय मोहन प्रसाद न्यौपाने समेत मानसिक समस्याका कारण ओछयान परेका छन । न्यौपानेले भने – बुबा पनि मेरै चिन्ताले बिरामी पर्नुभएको छ , म बाँच्न चाहन्छु ।
उनका बुबा, आमासहित पत्नी लक्ष्मी र ११ बर्षिया छोरी निर्मला छन । उनको आर्थिक अवस्था नाजुक भएकै कारण फोक्सोको उपचारका लागि सामाजिक सञ्जाल मार्फत सहयोगको आव्हान गरिएको छ । युवाहरुले विश्वनाथ न्यौपाने बचाउ अभियाननै चलाएका छन । उनको अवस्था देखेर बचाउ झिलझिलेका युवा सुरज रिङगालुङ राई, सुजन भण्डारी, पदम कार्की, कान्ता बस्नेत, दिनेश गजमेर लगायतका युवाहरु अभियानमा जुटेका छन । सो अभियानमा आज शनिबार दमककी लक्ष्मी लिङदेनले नगद ५ हजार रुपैयाँ सहयोग गरेकी छिन । अभियानमा लागेका रिङगालुङले बाँच्न चाहने विश्वनाथको सपना पुरा गर्न लाग्नु आफनो कर्तव्य भएको महसुस गरेर सहयोगका लागि अपिल गरिएको बताए ।

Facebook Comments Box